देउवा पक्षको भेलामा शेखर कोइराला समूह नजाने, कांग्रेसभित्र दूरी अझ स्पष्ट

Author

सजिलो पत्रिका

२०८३ वैशाख १५, मङ्गलबार

17
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसभित्रको आन्तरिक विवादबीच निवर्तमान सभापति शेर बहादुर देउबा पक्षले बोलाएको भेलामा डॉ. शेखर कोईराला समूह सहभागी नहुने भएको छ।

देउवा पक्षका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले महाराजगञ्जस्थित स्मार्ट होटलमा १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरूको भेला बोलाएका छन्। उक्त भेलाबारे खड्काले डा. कोइरालालाई समेत जानकारी गराएका थिए।

तर, कोइराला समूहका नेताहरूले उक्त भेलामा सहभागी नहुने निर्णय गरेका छन्। शेखर समूहका नेता जीवन परियारले देउवा पक्षले बोलाएको भेलामा आफूहरू नजाने स्पष्ट पारेका छन्।

त्यसैगरी, डा. कोइरालाले खड्कालाई भेला आयोजना गर्न सकिने भए पनि आफूहरूको उपस्थिति नहुने जानकारी दिएका थिए। कोइराला निकट एक नेताका अनुसार उनले “भेला गर्नुहोस्, आफ्नो धारणा बनाउनुहोस् तर हामी सहभागी हुँदैनौँ” भन्ने प्रतिक्रिया दिएका थिए।

यस घटनाले नेपाली कांग्रेसभित्रको आन्तरिक ध्रुवीकरण अझ स्पष्ट बनेको देखिएको छ।

यो समाचारमा

काठमाडौँपूर्ण बहादुर खड्काशेर बहादुर देउबानेपाली काँग्रेस
डॉ. शेखर कोईराला4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...