प्रमुख प्रतिपक्षीको भूमिका ऐतिहासिक बनाउने खड्काको आङ्देम्बेलाई शुभकामना

Author

सजिलो पत्रिका

२०८३ वैशाख १५, मङ्गलबार

18
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका निवर्तमान सभापति पूर्ण बहादुर खड्काले संसदीय दलको नेतामा निर्वाचित भीष्म राज आङदेम्बेलाई प्रमुख प्रतिपक्षी दलको नेताको जिम्मेवारी ऐतिहासिक र प्रभावकारी रूपमा निर्वाह गर्न शुभकामना दिएका छन्।

सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन भएका आङ्देम्बे मंगलबार बिहान खड्कालाई भेट्न गोल्फुटारस्थित निवास पुगेका थिए। भेटका क्रममा खड्काले संसद्को समग्र प्रक्रियामा सशक्त भूमिका खेल्न आङ्देम्बेलाई सुझाव दिएका थिए।

खड्काले वर्तमान संसद्को संरचनामा नेपाली कांग्रेस दोस्रो ठूलो दलका रूपमा रहेको उल्लेख गर्दै प्रमुख प्रतिपक्षी दलको नेताको भूमिका अझ महत्वपूर्ण हुने बताएका छन्। उनले उक्त जिम्मेवारीलाई ऐतिहासिक बनाउनुपर्नेमा जोड दिएका थिए।

त्यसैगरी, खड्काले आङ्देम्बेलाई बधाई दिँदै कार्यकाल सफलताको कामना गरेका छन्। उनले आङ्देम्बेको नेतृत्वले पार्टी र संसद् दुवैमा प्रभावकारी योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

खड्काले आङ्देम्बेलाई संवैधानिक परिषद् सदस्यका रूपमा पनि प्रभावकारी भूमिका निर्वाह गर्न सुझाव दिएका छन्। उनले उक्त जिम्मेवारीले राज्यका महत्त्वपूर्ण निर्णय प्रक्रियामा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

यो समाचारमा

पूर्ण बहादुर खड्काभीष्म राज आङदेम्बेकाठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...