माइतीघरमा अम्बिका बस्नेत र शोभा पाठकबीच झडप, दुवै प्रहरी नियन्त्रणमा

Author

सजिलो पत्रिका

२०८३ वैशाख १४, सोमबार

28
Share
Featured

काठमाडौँ


माइतीघर मण्डलामा सोमबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र शोभा पाठकबीच हात हालाहाल भएको छ। दुई पक्षबीच भएको झडपपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्‍याएको छ।

प्रहरीका अनुसार माइतीघरमा धर्नामा रहेका केही युवतीहरू र अम्बिका बस्नेतबीच विवाद बढ्दै गएपछि स्थिति झडपमा परिणत भएको हो। त्यस क्रममा भुतलाभुतल र हात हालाहाल भएको बताइएको छ।

घटनापछि प्रहरीले दुवै पक्षलाई छुट्टाएर नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घटनाबारे आवश्यक सोधपुछ र अनुसन्धान भइरहेको छ।

यसअघि शोभा पाठक, रश्मिला धामीलगायतका युवतीहरू माइतीघरमा विभिन्न मागसहित धर्नामा बसेका थिए। सोही क्रममा विवाद चर्किएपछि झडप भएको बताइएको छ।

यो समाचारमा

काठमाडौँमहेश बस्नेतनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...