राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ पुगे, भानु साहित्य उद्यानको शिलान्यास गर्ने कार्यक्रम

Author

सजिलो पत्रिका

२०८३ वैशाख १४, सोमबार

26
Share
Featured

काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो गृहजिल्ला तनहुँ पुगेका छन्। सोमबार गृहजिल्ला पुगेका राष्ट्रपति पौडेललाई स्थानीयले दमौलीमा भव्य स्वागत गरेका छन्।

स्वागत कार्यक्रममा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपाने, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे तथा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीलगायत जनप्रतिनिधि र उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

राष्ट्रपति पौडेल भानु साहित्य उद्यानको शिलान्यास कार्यक्रममा सहभागी हुन तनहुँ पुगेका हुन्। राष्ट्रपति कार्यालयका अनुसार उनी सोही अवसरमा विभिन्न कार्यक्रमहरूमा समेत सहभागी हुनेछन्।

यो समाचारमा

तनहुँकाठमाडौँरामचन्द्र पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...