पूर्वमन्त्री सञ्जयकुमार साहको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनः सुनुवाइको चरणमा

Author

सजिलो पत्रिका

२०८३ वैशाख १४, सोमबार

30
Share
Featured

काठमाडौँ

पूर्वमन्त्री सञ्जयकुमार साह ‘टकला’ विरुद्धको भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ। उक्त मुद्दा न्यायाधीशद्वय बालकृष्ण ढकाल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पहिलो नम्बरमा सुनुवाइका लागि चढाइएको छ।

२०७७ साल असोज ५ गते सर्वोच्च अदालतमा दर्ता भएको यो मुद्दा पाँच वर्षमा १६ पटक इजलासमा पेसी चढिसकेको भए पनि लामो समयदेखि नियमित सुनुवाइ हुन सकेको छैन। यसअघि एक पटक मिसिल झिकाउने आदेश भएपछि करिब तीन वर्षसम्म सुनुवाइ अघि बढ्न नसकेको देखिएको छ।

विशेष अदालतले २०७६ फागुन १५ मा साहलाई भ्रष्टाचार मुद्दामा ४ वर्ष कैद सजाय र करिब १९ करोड ४४ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै सो बराबरको जरिवाना तथा जफत गर्ने आदेश दिएको थियो। त्यसैगरी सम्पत्ति शुद्धीकरण मुद्दामा पनि ५ वर्ष कैद सजाय हुने फैसला विशेष अदालतले गरेको थियो।

उक्त फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ असोजमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो। सोही मुद्दामा साहले पनि विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए।

अख्तियारले साहविरुद्ध करिब ३१ करोड रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपसहित मुद्दा दायर गरेको थियो भने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत करिब ३२ करोड रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।

उक्त मुद्दामा साहसहित परिवारका सदस्य र अन्य व्यक्तिहरूलाई समेत प्रतिवादी बनाइएको छ। उनीमाथि सार्वजनिक पदमा रहँदा अस्वाभाविक रूपमा सम्पत्ति आर्जन गरी लुकाएको आरोप लगाइएको छ।

सर्वोच्च अदालतमा लामो समयदेखि अल्झिएको यो मुद्दा अब नयाँ इजलासमा पेसी तोकिएसँगै पुनः सुनुवाइको चरणमा प्रवेश गरेको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...