भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण तयारी

Author

सजिलो पत्रिका

२०८३ वैशाख १३, आइतबार

16
Share
Featured

काठमाडौँ

भारतका विदेश सचिव विक्रम मिस्री चाँडै नेपाल भ्रमणमा आउने भएका छन् । बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि भारतबाट हुने यो पहिलो उच्चस्तरीय भ्रमण हुने बताइएको छ ।

भ्रमणका क्रममा विदेश सचिव मिस्रीले नेपाल सरकारलाई बधाई ज्ञापन गर्नुका साथै प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति र एजेन्डाबारे छलफल गर्ने तयारी रहेको जनाइएको छ । उनले भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरूसँग कुराकानी गर्दै नेपाल भ्रमण छिट्टै हुने बताए पनि मिति भने तय भइसकेको छैन ।

यस विषयमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग निरन्तर छलफल भइरहेको मिस्रीले जानकारी दिएका छन् । यसअघि एस. जयशंकरसँग भएको भेटवार्तामा पनि प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा कुराकानी भएको थियो ।

प्रधानमन्त्री शाहले भारतको निमन्त्रणा स्वीकार गरिसकेका छन् र उपयुक्त समयमा भ्रमण गर्ने बताएका छन् । उनको भ्रमणअघि भारतले उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल पठाउने संकेत गरेअनुसार विदेश सचिव मिस्रीको भ्रमणको तयारी गरिएको हो ।

यो समाचारमा

काठमाडौँशिशिर खनालभारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    काठमाडौं । सरकारका सचिवहरुको बैठकले शासकीय सुधारको एकसय कार्यसूचीअन्तर्गत सम्पन्न भएका सुशासन प्रवद्र्धन, सेवाप्रवाह सुधार र निर्णय प्रक्रिया सरलीकरणलगायत क्षेत्रमा भएका असल अभ्यासलाई निरन्तता दिने निर्णय गरेको छ ।मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिव बैठकले कार्यसूचीमा उल्लेखित बुँदा कार्यान्वयनका लागि गठित कार्यदल र समितिबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने र

    Data is loading...

    Loading brands...

    Loading footer...