विपिन आचार्यद्वारा ‘विधेयक प्रयोगशाला’ सुरु, नागरिक सहभागिताबाट कानून निर्माणमा जोड

Author

सजिलो पत्रिका

२०८३ वैशाख १३, आइतबार

19
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री तथा सांसद विपिन कुमार आचार्यले विधेयक निर्माण प्रक्रियामा नागरिक सहभागिता बढाउने उद्देश्यसहित ‘विधेयक प्रयोगशाला’ (बिल ल्याब) सुरु गरेका छन्।

आचार्यले संसदमा दर्ता हुने विधेयकहरूलाई नागरिक, विषय विज्ञ तथा सरोकारवालाले प्रत्यक्ष रूपमा अध्ययन, छलफल र सुझाव दिन सक्ने डिजिटल प्लेटफर्ममार्फत यो कार्यक्रम सुरु गरेका हुन्। उनका अनुसार यसमार्फत विधेयकका दफाहरूमा संशोधन प्रस्ताव समेत राख्न सकिने व्यवस्था गरिएको छ।

दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका आचार्यले बन्द कोठाभित्र तयार हुने संशोधनले मात्र समाजको वास्तविकता समेट्न नसक्ने भन्दै नागरिकको प्रत्यक्ष सहभागिता आवश्यक रहेको बताएका छन्।

उनले विधेयक निर्माणलाई सरकार, संसद र नागरिक सबैको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने उल्लेख गर्दै यो पहलले कानूनलाई जनजीवनसँग अझ नजिक बनाउने विश्वास व्यक्त गरेका छन्।

यो समाचारमा

विपिन कुमार आचार्यकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...