रातो मत्स्येन्द्रनाथको रथ आज लगनखेलतर्फ लैजाँदै, जात्रा जारी

Author

सजिलो पत्रिका

२०८३ वैशाख १३, आइतबार

21
Share
Featured

काठमाडौँ

ललितपुरको प्रसिद्ध रातो मत्स्येन्द्रनाथ रथयात्रा उत्साहका साथ अघि बढिरहेको छ। शनिवार सुनधाराबाट तानेर चक्रबहिल पुर्‍याइएको रथ आइतबार लगनखेलतर्फ लैजाने तयारी गरिएको छ।

वर्षा र सहकालका देवता मानिने मत्स्येन्द्रनाथको यो जात्रामा ललितपुर तथा आसपासका क्षेत्रबाट ठूलो संख्यामा भक्तजन सहभागी हुने गरेका छन्। यो जात्रा नेपालकै सबैभन्दा लामो र महत्वपूर्ण सांस्कृतिक पर्वमध्ये एक मानिन्छ।

ऐतिहासिक मान्यताअनुसार यो जात्राको सुरुवात लिच्छविकालीन राजा नरेन्द्रदेवको पालामा भएको हो। त्यस समयमा उपत्यकामा १२ वर्षसम्म परेको भीषण खडेरी हटाउन मत्स्येन्द्रनाथलाई भारतको कामरूप कामाख्याबाट नेपाल ल्याइएको कथन छ।

गुरु गोरखनाथले नवनागहरूलाई ध्यानका क्रममा थुनेका कारण वर्षा रोकिएको विश्वास गरिन्छ। मत्स्येन्द्रनाथलाई नेपाल ल्याएपछि गोरखनाथ उठेर गुरुको दर्शन गर्न गएपछि नागहरू मुक्त भई उपत्यकामा वर्षा भएको धार्मिक विश्वास छ।

त्यसै घटनापछि मत्स्येन्द्रनाथलाई वर्षा र सहकालका देवताका रूपमा पुज्दै भव्य रथयात्रा गर्ने परम्परा सुरु भएको मानिन्छ।

यो समाचारमा

ललितपुरकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...