नेकपाको संयोजन समिति बैठक भोलि, कार्य विभाजनदेखि महाधिवेशनसम्मका एजेन्डा

Author

सजिलो पत्रिका

२०८३ वैशाख १३, आइतबार

24
Share
Featured
  • नेकपाको केन्द्रीय संयोजन समितिको बैठक भोलि बस्दै, प्रचण्ड र माधव नेपालले निर्णय प्रस्ताव पेश गर्ने।
  • बैठकमा कार्य विभाजन, विभागीय जिम्मेवारी, केन्द्रीय संरचना पूर्णता र प्रदेश तहका जिम्मेवारी टुंग्याउने एजेन्डा।
  • चुनावी समीक्षा अनुमोदन, पार्टी एकता प्रक्रिया, सदस्यता नवीकरण र महाधिवेशनको मिति तय गर्ने तयारी।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय संयोजन समितिको बैठक सोमबार बस्ने भएको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले तयार पारेको निर्णय प्रस्ताव पेश गरिने बताइएको छ।

नेता प्रकाश ज्वालाका अनुसार बैठकमा नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी निर्धारण, सचिवालय तथा केन्द्रीय कार्य समितिलाई पूर्णता दिने विषयमा प्रस्ताव आउने सम्भावना छ। यसअघि चैत १९ गते बोलाइएको बैठकमा चुनावी समीक्षा र पार्टीको भावी योजनाबारे छलफल गरिएको थियो।

चैत २३ देखि २८ गतेसम्म संयोजक प्रचण्डले पेश गरेको चुनावी समीक्षा प्रतिवेदनमाथि नेताहरूले लिखित तथा मौखिक धारणा राखेका थिए। वैशाख ३ गते बसेको बैठकमा उठेका प्रश्नहरूको जवाफ संयोजक र सह–संयोजकले दिएका थिए भने निर्णय प्रस्ताव ल्याउने जिम्मेवारी उनीहरूलाई दिइएको थियो।

बैठकमा केन्द्रका समितिहरूको पूर्णता, नेताहरूको जिम्मेवारी बाँडफाँड, विभागीय समायोजन लगायतका विषयमा सहमति जुटाइनेछ। प्रदेश तहमा इन्चार्ज र सह–इन्चार्ज तथा संयोजक र सह–संयोजकको जिम्मेवारी वरिष्ठ नेताहरूबाट तोकिनेछ, जसमा पूर्व पार्टीहरूको सन्तुलन मिलाउने मापदण्ड अपनाइनेछ।

त्यस्तै, विभागीय जिम्मेवारी पनि सोही आधारमा बाँडफाँड गरिनेछ। एकता अघि रहेका विभागहरूको संरचनालाई आधार मानेर प्रमुख र उपप्रमुख तोकिने तयारी छ।

बैठकको अर्को महत्त्वपूर्ण एजेन्डा चुनावी समीक्षा प्रतिवेदन अनुमोदन पनि रहेको छ। नेताहरूको सुझावका आधारमा प्रतिवेदन पुनर्लेखन गरिने निर्णय यसअघि नै भइसकेको बताइएको छ।

यसैगरी, पालिका र जिल्लास्तरको एकता तथा समायोजनको जिम्मा प्रदेशलाई दिने तयारी छ भने विधानअनुसार १२५ सदस्यीय केन्द्रीय सचिवालय र ६०१ सदस्यीय केन्द्रीय कार्य समितिलाई पूर्णता दिने प्रस्ताव पनि पेश हुने सम्भावना छ।

त्यसैगरी, जनवर्गीय संगठनहरूको एकता, समायोजन तथा पार्टीको महाधिवेशनको मिति निर्धारण पनि बैठकका प्रमुख विषय रहनेछन्। नेतृत्वले आगामी ६ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्ने लक्ष्य लिएको र त्यसका लागि वडा तहदेखि अधिवेशन प्रक्रिया अघि बढाउने तयारी रहेको बताइएको छ। साथै, सदस्यता नवीकरण र एकीकरणसम्बन्धी मापदण्ड पनि यही बैठकले तय गर्ने अपेक्षा गरिएको छ।

यो समाचारमा

काठमाडौँमाधवकुमार नेपालपुष्पकमल दाहालनेपाली कम्युनिष्ट पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...