विश्वराज पोखरेलको विवादास्पद भिडियोपछि माफी, संयमित व्यवहार गर्ने प्रतिबद्धता

Author

सजिलो पत्रिका

२०८३ वैशाख १२, शनिबार

18
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बिश्‍व राज पोखरेलले सामाजिक सञ्जालमा सार्वजनिक भएको विवादास्पद भिडियोप्रति क्षमायाचना गरेका छन्।

शनिबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उनले घटनाको पूर्ण सन्दर्भ नबुझी आंशिक दृश्य मात्र सार्वजनिक हुँदा वास्तविकता गलत रूपमा प्रस्तुत भएको बताएका छन्।

पोखरेल वैशाख ९ गते खिजिदेम्बा गाउँपालिका–२ रानीस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयमा स्थानीयसँग भेटघाट तथा अन्तर्क्रिया गर्न पुगेका थिए। सो क्रममा प्रधानाध्यापकले गेटसम्म स्वागत गर्न नआएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेको भिडियो सार्वजनिक भएपछि आलोचना भएको थियो।

विज्ञप्तिमा उनले सार्वजनिक जीवनमा बोली, व्यवहार र संयम उच्च स्तरको हुनुपर्ने स्वीकार गर्दै आफ्नो अभिव्यक्तिका कारण कसैको आत्मसम्मानमा चोट पुगेको भए क्षमायाचना गरेका छन्।

यसअघि घटनालाई लिएर उनको दलका सांसदहरूले समेत टिप्पणी गरेका थिए। त्यसपछि उनले औपचारिक रूपमा माफी माग्दै भविष्यमा अझ संयमित र संवादमुखी हुने प्रतिबद्धता व्यक्त गरेका छन्।


यो समाचारमा

बिश्‍व राज पोखरेलकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...