सुकुमबासीका घरवारविहीनलाई प्राथमिक उपचार र मनोसामाजिक परामर्श सेवा

Author

सजिलो पत्रिका

२०८३ वैशाख १२, शनिबार

16
Share
Featured

काठमाडौँ

थापाथली र गैह्रीगाउँस्थित सुकुमबासी बस्तीबाट स्थानान्तरण गरिएका घरवारविहीन व्यक्तिहरूलाई काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्राथमिक उपचार तथा मनोसामाजिक परामर्श सेवा प्रदान गरिरहेको छ।

महानगरका अनुसार बसोबासको समस्या, बालबालिकाको शिक्षा, स्वास्थ्य सेवा तथा सामाजिक सम्बन्धलगायत विषयमा प्रभावित व्यक्तिहरूलाई परामर्श दिइँदै छ।

यसैबीच, थप स्वास्थ्य सेवाका लागि वडा नम्बर ११ बबरमहल, वडा नम्बर ३१ भीमसेनगोला र वडा नम्बर ३२ पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्रहरू खुला राखिएको छ, जहाँ आवश्यक प्राथमिक उपचार सेवा उपलब्ध गराइँदै छ।

महानगरले प्रभावित व्यक्तिहरूको स्वास्थ्य तथा मनोसामाजिक अवस्थालाई ध्यानमा राख्दै आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएको छ।

यो समाचारमा

दशरथ रंगशालाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...