आइसिसी विश्वकप क्रिकेटः युएईविरुद्ध नेपालले ‘ब्याटिङ’ गर्दै

Author

सजिलो पत्रिका

२०८३ वैशाख १२, शनिबार

19
Share
Featured

काठमाडौँ, १२ वैशाखः आजदेखि काठमाडौँमा सुरु भएको आइसिसी विश्वकप लिग-२ क्रिकेट प्रतियोगिताअन्तर्गत युएईविरुद्धको खेलमा नेपालले पहिला ‘ब्याटिङ’ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको ‘टस’मा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ‘बलिङ’ रोजेपछि नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो ।

नेपाल २० खेलमा पाँचमा जित, १३ मा हार र दुई खेलमा नतिजाविहीन हुँदै १२ अङ्कका साथ अङ्कतालिकाको सातौँ स्थानमा छ । युएई १० अङ्कका साथ अन्तिम स्थानमा छ ।

प्रतियोगितामा आठ टोली सहभागी छन् । नेपालले घरेलु मैदानको फाइदा उठाउँदै बलियो प्रदर्शन गर्ने लक्ष्य राखेको छ भने युएई पनि प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्ने तयारीमा छ । दुवै टोलीबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । नेपालको टोलीमा कुशल भुर्तेल, महमद आसिफ शेख (विकेटकिपर), भीम शार्की, कप्तान रोहितकुमार पौडेल, बसिर अहमद, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी छन् ।

त्यसैगरी, युएई टोलीमा आर्यंश शर्मा (विकेटकिपर), आदेब उस्मानी, मुहम्मद शाहदाद, हरप्रीत भाटिया, अशदीप नाथ, कप्तान मुहम्मद वसिम, सोहेल खान, खुझाइमा बिन तानविर, मुहम्मद जुबैयर, जुनैद सिद्दिकी र मुहम्मद जवादुल्लाह छन् ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...