सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठे घर खुलासा

Author

सजिलो पत्रिका

२०८३ वैशाख ११, शुक्रबार

19
Share
Featured

काठमाडौँ

थापाथलीका सुकुमबासी नेता नारायण परियार (परिश्रमी) की श्रीमतीको नाममा काठमाडौँको शान्तिनगर क्षेत्रमा सुविधासम्पन्न घर रहेको खुलासा भएको छ।

प्राप्त विवरणअनुसार उनकी श्रीमती शुभमाया परियार (कपाली) को नाममा शान्तिनगरस्थित जागृति टोलमा १६ कोठा भएको तीनतले घर रहेको पुष्टि भएको हो। उक्त घर पर्ति जग्गामा निर्माण गरिएको र लालपुर्जा नभएको उल्लेख गरिएको छ।

शुभमायाले आफ्नो ‘शुभ नारायण स्टोर्स’ का नाममा ऋण लिनका लागि २०७७ साउनमा नेपाल बैंक नयाँ बानेश्वर शाखालाई लेखेको स्वघोषणा पत्रमा उक्त घरको विवरण प्रस्तुत गरेकी थिइन्। सोही पत्रमा घरको अनुमानित मूल्य करिब ८० लाख रुपैयाँ रहेको उल्लेख गरिएको छ।

उक्त घरमा नेपाल विद्युत प्राधिकरणबाट शुभमायाकै नाममा विद्युत मिटर जडान गरिएको पनि उल्लेख गरिएको छ।

यसैबीच, सुकुमबासी नेता नारायण परियारलाई शुक्रबार बैंकिङ कसुरको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ। उनका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...