लोकतन्त्रपछि सही बाटो निर्धारण गर्न नेतृत्व चुक्यो : रामकुमारी झाक्री

Author

सजिलो पत्रिका

२०८३ वैशाख ११, शुक्रबार

17
Share
Featured
  • रामकुमारी झाक्रीले लोकतन्त्रपछि राजनीतिक नेतृत्व सही आर्थिक र विकासको बाटो निर्धारण गर्न चुकेको बताएकी छन्।
  • उनले बजारमुखी अर्थतन्त्र र बिचौलिया प्रभावका कारण रोजगारी, उद्योग र आत्मनिर्भरता कमजोर भएको टिप्पणी गरिन्।
  • झाक्रीका अनुसार लोकतन्त्र भए पनि संघीय, प्रदेश र स्थानीय तहले आफ्नो अधिकार प्रभावकारी रूपमा प्रयोग गर्न नसक्दा कार्यान्वयन कमजोर देखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)की राष्ट्रिय सभा सदस्य राम कुमारी झाँक्रीले लोकतन्त्रपछि सही बाटो निर्धारण गर्न राजनीतिक नेतृत्व नै चुकेको बताएकी छन्।

लोकतन्त्र दिवसका अवसरमा रातोपाटीसँगको कुराकानीमा उनले २०६२/६३ को जनआन्दोलनपछि संविधान निर्माण, राजतन्त्रको अन्त्य र शान्ति प्रक्रियामा रूपान्तरण जस्ता ऐतिहासिक उपलब्धि हासिल भए पनि आर्थिक र सामाजिक रूपान्तरणको दिशामा अपेक्षित प्रगति हुन नसकेको बताइन्।

झाक्रीका अनुसार लोकतन्त्रले नागरिक अधिकार विस्तार गर्दै सीमान्तकृत समुदायलाई राज्यको हिस्सा बनाएको भए पनि व्यवहारिक रूपमा समावेशिता र समानताको लक्ष्य पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। उनले क्रान्तिपछि दुई विकल्प रहेको उल्लेख गर्दै राष्ट्रिय पुँजी निर्माण, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्रतर्फ जानुपर्ने बाटो नसमातिएको टिप्पणी गरिन्।

उनले बजारमुखी अर्थतन्त्रमा बढी निर्भर हुँदा बिचौलिया र दलाल पुँजीको प्रभाव बढेको भन्दै राज्यका संरचना नै कमजोर बनेको आरोप लगाइन्। सार्वजनिक उद्योगधन्दा कमजोर हुँदा रोजगारी सिर्जना हुन नसकेको र वैदेशिक रोजगारीमा निर्भरता बढेको उनको भनाइ छ।

राजनीतिक परिवर्तन सफल भए पनि आर्थिक र संरचनागत सुधारमा कमजोरी भएको बताउँदै झाक्रीले सहकारी, निजीकरण र सुशासनका क्षेत्रमा देखिएका समस्याले प्रणालीमै प्रश्न उठाएको उल्लेख गरिन्।

उनले अहिलेको राजनीतिक प्रणाली पूर्ण रूपमा लोकतान्त्रिक भए पनि यसको प्रभावकारी कार्यान्वयनमा चुनौती रहेको बताइन्। संघीय, प्रदेश र स्थानीय तहले आफ्नो अधिकार प्रयोग गर्न नसक्दा लोकतन्त्रको अभ्यास कमजोर देखिएको उनको निष्कर्ष छ।

यो समाचारमा

राम कुमारी झाँक्रीनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...