सुकुमबासीहरू रास्वपा कार्यालय जाने तयारीमा, सुरक्षा व्यवस्था कडा

Author

सजिलो पत्रिका

२०८३ वैशाख ११, शुक्रबार

18
Share
Featured

काठमाडौँ

सरकारले सुकुमबासी बस्ती हटाउने तयारी गरेपछि प्रभावित बस्तीमा बसोबास गर्नेहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयतर्फ जान लागेका छन्। आफूहरूलाई हटाउने निर्णय रोक्न दबाब दिन उनीहरू वनस्थलीस्थित पार्टी कार्यालय पुग्ने तयारीमा रहेका हुन्।

सुकुमबासीहरू आउन सक्ने सूचना पाएपछि रास्वपा कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार डीएसपी यमलाल बञ्जाडेको नेतृत्वमा प्रहरी परिचालन गरी कार्यालय परिसरमा निगरानी बढाइएको छ।

यसैबीच, शुक्रबार बिहान थापाथली क्षेत्रमा सुकुमबासीहरूले सरकारको निर्णयविरुद्ध प्रदर्शन गरेका थिए। शनिबार र आइतबार थापाथली, गैह्रिगाउँ र मनहरा खोला क्षेत्रका नदी किनारमा रहेका बस्ती खाली गर्ने तयारी प्रशासनले गरेको छ। सो क्षेत्रहरूमा बिहीबार साँझदेखि नै माइकिङ गरी बस्ती खाली गर्न आग्रह गरिएको छ।

यसै क्रममा सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई अनुसन्धानका लागि होल्डमा राखिएको प्रहरीले जनाएको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...