काठमाडौँ
बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६९२ जना सवारी चालक ट्राफिक नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। सो कारबाहीबाट राज्यकोषमा ७ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९१ जना, यान्त्रिक अवस्था ठीक नभएका सवारी साधन सञ्चालन गर्ने ६३ जना, ट्राफिक संकेत उल्लङ्घन गर्ने २२४ जना तथा तीव्र गतिमा सवारी चलाउने १३२ जना रहेका छन्।
त्यसैगरी लेन अनुशासन पालना नगर्ने २३७ जना, सार्वजनिक सवारी साधनको ढोका खुला राखी सञ्चालन गर्ने ४७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७८ जना तथा तोकिएको स्थानमा मात्र यात्रु चढाउने–ओराल्ने नियम उल्लङ्घन गर्ने ४० जना पनि कारबाहीमा परेका छन्।
अन्य ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा थप १ हजार ७८० जना सवारी चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।