सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ

Author

सजिलो पत्रिका

२०८३ वैशाख ११, शुक्रबार

44
Share
Featured

काठमाडौँ

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ परेका छन्। थापाथली, मनोहरा र सिनामंगल क्षेत्रका सुकुम्बासी बस्ती हटाउने सरकारी तयारीसँगै उनी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार तीन वर्षअघि सोही क्षेत्रमा पेट्रोल बम प्रहारलगायत घटनासम्बन्धी अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार थप अनुसन्धानका लागि उनलाई होल्डमा राखिएको छ।

यसअघि काठमाडौँ महानगरपालिकाले सो क्षेत्रका बस्ती हटाउने प्रयास गर्दा विरोध भएको थियो। त्यस क्रममा महानगर प्रहरीमाथि ढुंगामुडा भएको र केही प्रहरी घाइते भएको घटना पनि भएको थियो। उक्त घटनामा संलग्न रहेको भन्दै सुकुम्बासी नेताहरूमाथि उजुरीसमेत दर्ता भएको थियो।

यसैबीच, बागमती किनार क्षेत्र खाली गर्न प्रहरीले हिजो साँझ माइकिङ गरेपछि शुक्रबारसम्म बस्ती खाली गर्न समय दिइएको थियो। त्यसपछि आज बिहानदेखि सुकुम्बासीहरूले सरकारी निर्णयविरुद्ध प्रदर्शन जारी राखेका छन्।

यो समाचारमा

काठमाडौँकाठमाडौँ महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन्। जुलाई १५ मा श्रीलंका प्रस्थान गरेका उनले त्यहाँ आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए।भ्रमणका क्रममा प्रचण्डले श्रीलंकाको सत्तारुढ दल जनता विमुक्ति

    Data is loading...

    Loading brands...

    Loading footer...