सुकुमबासी बस्ती खाली गर्न प्रशासनको माइकिङ, शुक्रबार साँझसम्म समयसीमा

Author

सजिलो पत्रिका

२०८३ वैशाख १०, बिहिबार

18
Share
Featured

काठमाडौँ

काठमाडौँमा रहेका सुकुमबासी बस्ती खाली गराउन स्थानीय प्रशासनले माइकिङ सुरु गरेको छ। बिहीबार साँझदेखि सूचना प्रवाहका लागि बस्ती क्षेत्रमा माइकिङ थालिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार सार्वजनिक जग्गा संरक्षण अभियानअन्तर्गत अवैध रूपमा बनाइएका घरटहरा हटाउने निर्णयपछि यस्तो कदम चालिएको हो।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को निर्देशनपछि बिहीबार जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो। उक्त बैठकले सुकुमबासी बस्ती हटाउने निर्णय गरेको हो। त्यसपछि काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग थप छलफल गरेका थिए।

प्रशासनले जारी गरेको सूचनाअनुसार वैशाख ११ गते शुक्रबार साँझ ७ बजेसम्म बस्तीमा बसोबास गर्नेहरूलाई आफ्नो सरसामान हटाएर स्थान खाली गर्न अनुरोध गरिएको छ। तोकिएको समयभित्र खाली नगरेमा कानुनअनुसार घरटहरा हटाइने चेतावनी पनि दिइएको छ।

प्रशासनका अनुसार वैशाख १२ गते शनिबारदेखि नदी तथा खोला किनारका अव्यवस्थित संरचना हटाउने कार्य सुरु गरिनेछ। पहिलो चरणमा थापाथली, शान्तिनगरस्थित गैह्रिगाउँ तथा मनहरा खोला किनारका बस्ती हटाइने योजना छ। साथै, मनहरा खोलाको काठमाडौँ र भक्तपुर दुवै तर्फ रहेका बस्तीहरू पनि हटाइने जनाइएको छ।

यो समाचारमा

काठमाडौँबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    झापामा स्कार्पियो र सिटी सफारी ठोक्किँदा एक महिलाको मृत्यु, फरार चालक पक्राउ

    काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१५ कालिका भित्री सडकखण्डमा सोमबार बिहान स्कार्पियो र सिटी सफारी एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर–१५ की करिब ४० वर्षीया आरती उराउ रहेकी छन्।काकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्रदेश १–०१–००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय

    Data is loading...

    Loading brands...

    Loading footer...