संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको दोस्रो बैठक सुरु

Author

सजिलो पत्रिका

२०८३ वैशाख १०, बिहिबार

32
Share
Featured

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक सुरु भएको छ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्यदलको उद्देश्य संविधान संशोधनका विषयमा राजनीतिक दलहरूको सुझाव समेटेर साझा बहसपत्र तयार गर्नु हो।

आजको बैठकमा विभिन्न राजनीतिक दलहरूले बुझाएका लिखित धारणा र ती आधारमा पहिचान गरिएका संविधान संशोधनका मुद्दामाथि विस्तृत छलफल हुने बताइएको छ।

त्यसैगरी, कार्यदलको आगामी कार्ययोजना तथा दैनिक कामकारबाहीबारे पनि बैठकमा छलफल हुने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

यो समाचारमा

काठमाडौँबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...