ओपीडी सेवा निरन्तर सञ्चालन गर्न महामन्त्री पौडेलको सरकारसँग आग्रह

Author

सजिलो पत्रिका

२०८३ वैशाख १०, बिहिबार

22
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका महामन्त्री प्रदिप पौडेलले सरकारी अस्पतालमा ओपीडी सेवा प्रभावित भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। सार्वजनिक बिदाका दिन ओपीडी सेवा बन्द हुँदा बिरामीहरू समस्यामा परिरहेको भन्दै उनले सेवा नखुम्च्याउन आग्रह गरेका हुन्।

उनका अनुसार ओपीडी सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवाको पहुँच सीमित हुनुका साथै बिरामीहरूलाई थप आर्थिक बोझ पनि बढेको छ। उनले स्वास्थ्य सेवा सर्वसुलभ र निरन्तर हुनुपर्नेमा जोड दिएका छन्।

पौडेलले विगतमा आफू स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रहँदा अतिरिक्त समय काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिई सार्वजनिक बिदामा पनि सेवा सञ्चालन गर्ने व्यवस्था अघि बढाइएको स्मरण गराए। साथै, सरकारी अस्पतालमा सेवाग्राहीको चापलाई ध्यानमा राख्दै ओपीडी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने अभ्यास सुरु गरिएको उनले उल्लेख गरे।

त्यस्तै, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई थप प्रोत्साहन भत्ता दिने अध्ययन प्रतिवेदन तयार गरी कार्यान्वयन प्रक्रिया अघि बढाइएको र अस्पतालमा जनशक्ति अभाव पूर्ति गर्न २ हजार ५०० नयाँ कर्मचारी थप गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए।

महामन्त्री पौडेलले सरकारी स्वास्थ्य सेवा नागरिकमैत्री बनाउन सार्वजनिक र निजी क्षेत्र दुवैलाई सन्तुलित रूपमा अघि बढाउनुपर्ने उल्लेख गर्दै पहिले सुरु गरिएका सुधारलाई निरन्तरता दिन सरकारसँग आग्रह गरेका छन्।

यो समाचारमा

प्रदिप पौडेलकाठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...