संविधान संशोधन बहसपत्र तयारीमा छलफल गर्न कार्यदलको बैठक आज दिउँसो बस्ने

Author

सजिलो पत्रिका

२०८३ वैशाख १०, बिहिबार

17
Share
Featured

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको सचिवालयले जनाएको छ।

बैठकमा विभिन्न राजनीतिक दलहरूले उपलब्ध गराएका लिखित धारणाका आधारमा पहिचान गरिएका संविधान संशोधनसम्बन्धी विषयहरूमा विस्तृत छलफल हुने बताइएको छ।

यसका साथै, कार्यदलले आगामी कार्ययोजना र भावी गतिविधिबारे पनि छलफल गर्नेछ। संविधानलाई समयसापेक्ष र परिष्कृत बनाउने उद्देश्यले राजनीतिक दलहरूको सुझाव समेटेर साझा बहसपत्र तयार गर्ने जिम्मेवारी उक्त कार्यदललाई दिइएको छ।

यो समाचारमा

काठमाडौँबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...