मालपोत सेवामा सुधारका लागि लेखापढी व्यवसायीलाई ड्रेस कोड अनिवार्य गरिँदै

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०९, बुधबार

22
Share
Featured

काठमाडौँ

मालपोत तथा नापी कार्यालयमा सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन सरकारले लेखापढी व्यवसायीहरूका लागि नयाँ नियम लागू गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका कार्यालयमा यो व्यवस्था लागू गर्ने तयारी गरेको हो।

मन्त्रालयका अनुसार अब लेखापढी व्यवसायीहरूले अनिवार्य रूपमा परिचयपत्र प्रयोग गर्नुपर्नेछ। साथै, उनीहरूका लागि छुट्टै ड्रेस कोड लागू गरिने र सेवा शुल्कसम्बन्धी रेट कार्ड अनिवार्य रूपमा राखिने व्यवस्था गरिनेछ।

बुधबार मन्त्रालयले लेखापढी व्यवसायीहरूसँग छलफल गर्दै सेवा प्रवाहमा पारदर्शिता बढाउन यस्ता व्यवस्था आवश्यक रहेको जनाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले व्यवसायीहरूलाई आफ्नो पहिचान स्पष्ट देखिने परिचयपत्र प्रयोग गर्न र तोकिएको नियमअनुसार सेवा दिन आग्रह गरेको जानकारी दिइन्।

यसअघि चैत महिनामा मन्त्रालयले मालपोत र नापी कार्यालयमा बिचौलियाको प्रवेश निषेध गर्ने निर्णय गरिसकेको थियो। नयाँ व्यवस्थालाई त्यसैको निरन्तरताका रूपमा लिइएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निकुञ्जभित्र च्याउ टिप्न गएका सबै महिलाहरु आए सम्पर्कमा

    काठमाडौं । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरु अन्ततः सम्पर्कमा आएका छन् । भीमदत्तनगर नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् । उनीहरु गत आइतबारदेखि सम्पर्क बाहिर थिए ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका महिलाहरु परिवारको

    Data is loading...

    Loading brands...

    Loading footer...