सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट अनिवार्य रूपमा लागू गर्न सरकारको निर्देशन

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०९, बुधबार

21
Share
Featured

काठमाडौँ

सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले यातायात व्यवसायीहरूलाई पत्राचार गर्दै यस्तो निर्देशन जारी गरेको हो।

विभागका अनुसार २०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार विद्यार्थीहरूले सवारी भाडामा ४५ प्रतिशत छुट पाउने व्यवस्था छ। तर पछिल्लो समय सार्वजनिक सवारी साधनहरूले उक्त सुविधा नदिएको गुनासो बढेपछि विभागले पुनः कार्यान्वयनमा जोड दिएको हो।

‘हेलो सरकार’ तथा विभागको गुनासो पेटिकामा विद्यार्थी सहुलियत लागू नभएको भन्दै व्यापक उजुरी परेपछि विभागले सम्बन्धित निकायलाई सचेत गराएको जनाएको छ।

विभागका निर्देशक गणेशमान सिंह राईद्वारा जारी पत्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ तथा साझा यातायातलाई सम्बोधन गर्दै विद्यार्थीलाई दिइने सहुलियत प्रभावकारी रूपमा लागू गर्न आग्रह गरिएको छ। साथै, सरकारले तोकेको सुविधा कार्यान्वयन नगर्ने सवारी साधनलाई कारबाही गरिने चेतावनी पनि दिइएको छ।

यो समाचारमा

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...