काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपाली कम्युनिस्ट आन्दोलनले पार्टी स्थापना भएदेखि हालसम्म उल्लेखनीय उपलब्धिहरू हासिल गरे पनि गम्भीर क्षति र असफलता समेत बेहोरेको बताएका छन्।
पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संविधान जारीपछिको दशकलाई एकातिर कम्युनिस्ट शक्तिले झन्डै दुई तिहाइ सरकार गठन गरेको सफल समयका रूपमा चित्रण गरे भने अर्कोतर्फ सोही अवधिलाई आन्दोलनकै सबैभन्दा ठूलो असफलता र पराजयको दशकका रूपमा पनि उल्लेख गरे।
पौडेलले सरकारको नेतृत्व गरेको एमाले २०८२ भदौ २४ सम्म आइपुग्दा कमजोर अवस्थामा पुगेको भन्दै पार्टी सडकमा पछारिएको टिप्पणी गरेका छन्। उनले फागुन २१ गते सम्पन्न निर्वाचनमा ठूलो संख्यामा मतदाताले पार्टीलाई अस्वीकार गरेको उल्लेख गर्दै प्रत्यक्षतर्फ १६५ मध्ये ९ सिट र समानुपातिकसहित कुल २७५ मध्ये २५ सिटमा सीमित हुनुपरेको बताए।
उनले विगत एक दशक तथा सरकारको नेतृत्व गर्दादेखि आम निर्वाचन सम्पन्न हुँदासम्मको समग्र अवस्थाको वस्तुनिष्ठ समीक्षा आवश्यक रहेको बताए। नीति, नेतृत्व, संगठन र कार्यशैलीमा रहेका कमजोरीहरू स्वीकार गर्दै सुधार गर्नुपर्नेमा जोड दिँदै उनले सफलता जस्तै पराजय र क्षतिको जिम्मेवारी पनि लिनुपर्ने बताएका छन्। साथै स