काठमाडौँ
नेपाल बीमा प्राधिकरणले ३७ वटा बीमा कम्पनीहरूको अद्यावधिक विवरणसहितको सूची सार्वजनिक गरेको छ। बुधबार जारी सूचनामा चैत मसान्तसम्मको विवरणका आधारमा बीमा ऐन २०७९ को दफा ३५ बमोजिम उक्त सूची सार्वजनिक गरिएको जनाइएको छ।
प्राधिकरणका अनुसार हाल नेपालमा १४ वटा जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् भने निर्जीवन बीमा कम्पनीको संख्या पनि १४ नै रहेको छ। यसैगरी, २ वटा पुनर्बीमा कम्पनी र ७ वटा लघुबीमा कम्पनीहरू समेत सञ्चालनमा छन्।
सूचीमा प्रत्येक कम्पनीको चुक्ता पुँजीसम्बन्धी विवरण पनि समावेश गरिएको छ। प्राधिकरणले सार्वजनिक गरेको यस अद्यावधिक विवरणले बीमा क्षेत्रमा कार्यरत कम्पनीहरूको वित्तीय अवस्था र संरचनाबारे जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ।