विशेष अदालतको धरौटी आदेशविरुद्ध निर्देशक भण्डारी सर्वोच्च अदालतमा पुगे

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०९, बुधबार

26
Share
Featured

काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारीले विशेष अदालतको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन्। विशेष अदालतले माग गरेको धरौटी आदेश खारेज हुनुपर्ने मागसहित उनी सर्वोच्च पुगेका हुन्।

भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको भनिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले भण्डारीसँग ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको थियो। उक्त आदेशमा भण्डारी स्वयं निर्णयकर्ता नभई टिप्पणी पेश गर्ने भूमिकामा मात्र रहेको उल्लेख गरिएको थियो।

यसै विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलिन्चोक हेलिपोर्ट निर्माणमा अनियमितता भएको आरोप लगाउँदै भण्डारीविरुद्ध मुद्दा दायर गरेको थियो। अहिले सोही मुद्दासम्बन्धी विशेष अदालतको आदेशविरुद्ध भण्डारीले सर्वोच्च अदालतमा कानुनी उपचार खोजेका छन्।

यो समाचारमा

भक्तपुरनेपाल नागरिक उड्डयन प्राधिकरणकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...