शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०८, मङ्गलबार

23
Share
Featured

काठमाडौँ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना कार्य सुरु गरिएको छ। निकुञ्ज कार्यालय, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत विभिन्न साझेदार संस्थाको संयुक्त सहभागितामा गणना थालिएको हो। यसका लागि ३५ जना जनशक्ति परिचालन गरिएको छ।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार ‘हेड काउन्ट’ विधिबाट बाह्रसिङ्गा गणना भइरहेको छ। गणनाका क्रममा मचानमा बसेर, फायरलाइनमा सवारीसाधन प्रयोग गरी तथा हात्तीको सहायताबाट अवलोकन गर्ने व्यवस्था मिलाइएको छ।

गणनामा बाइनाकुलर, क्यामेरा, टेलिस्कोप, दूरबिन र ड्रोनको प्रयोग गरिनेछ। दुर्गम तथा पैदल पुग्न कठिन क्षेत्रमा तीनवटा हात्ती परिचालन गरिएको छ भने फायरलाइनमा दुई सवारीसाधन र चारवटा मचानमा प्राविधिक टोली खटाइएको छ।

यो गणना बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म सञ्चालन हुनेछ। वैशाख १२ गतेसम्म जारी रहने गणनाबाट बाह्रसिङ्गाको सङ्ख्या यकिन गर्नुका साथै बासस्थान, आहार र सम्भावित जोखिमबारे अध्ययन गरिनेछ।

शुक्लाफाँटा घाँसेमैदान, जुन करिब ३४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ, नेपालकै सबैभन्दा ठूलो घाँसेमैदान मानिन्छ। यहाँ विश्वकै ठूलो झुण्डका रूपमा बाह्रसिङ्गा पाइन्छन्। गत वर्ष गरिएको गणनामा निकुञ्जमा दुई हजार १८२ बाह्रसिङ्गा अभिलेख गरिएको थियो।

निकुञ्जका अनुसार पछिल्ला वर्षहरूमा बाह्रसिङ्गा मुख्य घाँसेमैदानबाहेक अन्य क्षेत्रमा पनि देखिन थालेका छन्, जसलाई संरक्षणको दृष्टिले सकारात्मक संकेत मानिएको छ। बाह्रसिङ्गा बाघको प्रमुख आहार प्रजाति भएकाले यसको पर्याप्तता र बासस्थान व्यवस्थापनले निकुञ्जमा बाघको सङ्ख्या बढ्न समेत सहयोग पुगेको जनाइएको छ।

यो समाचारमा

काठमाडौँशुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...