सुनको मूल्य घट्यो, आज तोलामा ३ लाख रुपैयाँ नजिकमा कारोबार

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०७, सोमबार

19
Share
Featured

काठमाडौँ

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको हो।

आज फाइन गोल्डको मूल्य प्रतितोला २ लाख ९९ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो भने सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी १० ग्राम सुनको मूल्य पनि घटेर करिब २ लाख ५६ हजार ९४५ रुपैयाँ पुगेको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ५ हजार १९० रुपैयाँमा झरेको छ। हिजो चाँदी ५ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, १० ग्राम चाँदीको मूल्य पनि घटेर करिब ४ हजार ४५० रुपैयाँमा कायम भएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...