एसईई दिएका विद्यार्थीका लागि एनसेलको ‘पहिलो सिम’ अफर, अनलाइन लर्निङ र गेमिङ सुविधा निःशुल्क

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०६, आइतबार

26
Share
Featured

काठमाडौँ

एनसेल नेपालले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि विशेष अफर ‘पहिलो सिम’ सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत विद्यार्थीहरूले करसहित ५० रुपैयाँमा प्रिपेड सिम प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार उक्त सिमसँगै विद्यार्थीहरूलाई २ जीबी डाटा, सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने ५० मिनेट टक टाइम तथा २८ दिनसम्मका लागि अनलाइन लर्निङ प्लेटफर्म ‘मेरो स्कुल’ र गेमिङ पोर्टलमा निःशुल्क पहुँच उपलब्ध गराइनेछ। ‘मेरो स्कुल’ मार्फत विद्यार्थीहरूले पाठ्यक्रमसँग सम्बन्धित भिडियो सामग्री हेरेर अनलाइन अध्ययन गर्न सक्नेछन् भने गेमिङ पोर्टलमा विभिन्न खेलहरूको मजा लिन सकिनेछ।

त्यसैगरी, ‘पहिलो सिम’ प्रयोगकर्ताहरूले डिजिटल वालेट खल्ती प्रयोग गर्दा डाटा शुल्क नलाग्ने सुविधा पनि पाउनेछन्। ५० रुपैयाँ वा सोभन्दा बढी रिचार्ज गर्दा ७ दिनसम्म मान्य ५०० एमबी बोनस डाटा समेत उपलब्ध गराइने एनसेलले जनाएको छ।

सिम लिनका लागि विद्यार्थीहरूले आफ्नो एसईई प्रवेशपत्र र अभिभावकको नागरिकताको प्रतिलिपिसहित नजिकको एनसेल सेन्टरमा जानुपर्नेछ। आवश्यक प्रमाणीकरणपछि सिम सक्रिय गरिनेछ।

एनसेलले एसईई दिएका विद्यार्थीहरूलाई सस्तो दरमा दूरसञ्चार सेवा र डिजिटल सिकाइको पहुँच विस्तार गर्ने उद्देश्यसहित यो अफर सञ्चालनमा ल्याइएको जनाएको छ।

यो समाचारमा

एनसेल नेपालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...