ललितपुरमा श्रम संस्कृति पार्टीको विज्ञहरूसँग छलफल कार्यक्रम सुरु

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०६, आइतबार

26
Share
Featured

काठमाडौँ

प्रतिपक्ष दल श्रम संस्कृति पार्टीले विज्ञहरूसँगको सामूहिक छलफल सुरु गरेको छ। संघीय संसदमा पहिलो पटक प्रवेश गरेको सो पार्टीले आइतबार ललितपुरमा छलफल कार्यक्रम आयोजना गरेको हो।

छलफलमा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो। कार्यक्रममा डा. सुन्दरमणि दीक्षित, डा. राजाराम सुवेदी, प्रोफेसर डा. राजकुमार पोखरेल, डा. टीकाराम गौतम, डा. केशवमान शाक्य, डा. लाल रापचा र डा. विजयप्रसाद मिश्रलगायत सहभागी थिए।

त्यसैगरी पार्टी अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राईसहित अन्य नेताहरू पनि कार्यक्रममा उपस्थित थिए।

श्रम, संस्कृति र प्रविधिको समुचित उपयोगमार्फत अघि बढ्ने लक्ष्यसहित पार्टीले आगामी राजनीतिक भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूसँग छलफल सुरु गरिएको जनाएको छ।

यो समाचारमा

ललितपुरश्रम संस्कृति पार्टीहर्कराज राईकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...