कमेडी दरबार टिमको फिल्म ‘ककाकिकी’ भदौ १९ देखि प्रदर्शनमा आउने

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०६, आइतबार

18
Share
Featured

काठमाडौँ

चर्चित कमेडी शो कमेडी दरबार टिमले निर्माण गरेको नयाँ फिल्म ‘ककाकिकी’ आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमार्फत फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको हो।

फिल्मको पोस्टरमा अभिनेत्रीहरू गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठी विशेष अवतारमा देखिएका छन्। पोस्टरमा देखिएको उनीहरूको फरक शैलीले फिल्मप्रति दर्शकको चासो अझ बढाएको निर्माण पक्षले जनाएको छ।

फिल्मलाई बिक्की अगरवाल र श्रद्धा प्रसाईँले संयुक्त रूपमा निर्देशन गरेका हुन् भने अनीश बुढाथोकी सहायक निर्देशक रहेका छन्। फिल्ममा दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्ग बहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल, एलिसा भोगलगायत कलाकारहरूको अभिनय रहेको छ।

कन्सेप्ट सुमन अग्रवालको रहेको फिल्मको लेखन बिक्की अगरवाल, विकास अर्याल, सरोज भण्डारी र विश्वास तिमल्सिनाले गरेका हुन्। फिल्मको छायांकन सुदीप बरालको टिमले गरेको हो।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...