धौलागिरि हिमालको वसन्तयाम आरोहण सुरु, पहिलो दिन नौ जनाले सफल आरोहण गरे

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०६, आइतबार

24
Share
Featured

काठमाडौँ


वसन्तयामको धौलागिरी हिमाल आरोहण सुरु भएको छ। पहिलो दिनमै चार विदेशी र पाँच नेपाली गरी नौ जनाको टोलीले सफल आरोहण गरेको छ। धौलागिरि हिमाल नेपालकै सातौँ अग्लो (८,१६७ मिटर) हिमाल हो, जुन म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका–४ मा अवस्थित छ।

इमेजिन नेपाल मार्फत आरोहणमा गएका टोलीमा चीनका लिउ होङ, लिउ यिशी, वाङ झोङ, स्विट्जरल्याण्डका क्रिस्टिन भोगोन्डी तथा नेपालका फुुर ग्याल्जेन शेर्पा, पासाङ नाम्गेल शेर्पा, किली पेम्बा शेर्पा, ङिमा नुरु शेर्पा र पेम्बा छिरी शेर्पा सहभागी थिए। उनीहरूले शनिबार बिहान ११ः४० बजे चुचुरोमा पुगेर सफल आरोहण गरेका हुन्।

आरोहण टोलीका नेता फुुर ग्याल्जेन शेर्पाका अनुसार शेर्पा समूहले पहिल्यै हिउँमा डोरी टाँगेर बाटो तयार गरेपछि अन्य आरोहीहरू सहज रूपमा चुचुरोमा पुगेका थिए। आरोहणपछि टोली सुरक्षित रूपमा तेस्रो आधार शिविर फर्किएको बताइएको छ।

पर्यटन विभाग का अनुसार यस वसन्तयाममा धौलागिरि आरोहणका लागि ३ समूहका १२ महिला र १६ पुरुषले अनुमति लिएका छन्। यसबाट करिब १ करोड २५ लाख ६० हजार रुपैयाँभन्दा बढी सलामी दस्तुर संकलन भएको जनाइएको छ।

धौलागिरि हिमाललाई अत्यन्त जोखिमयुक्त मानिन्छ, जहाँ छिनछिनमा बदलिने मौसम प्रमुख चुनौतीका रूपमा रहने गर्छ। सन् १९६० मे १३ मा पहिलोपटक अस्ट्रियाका कुर्ट डिम्बर्गरको नेतृत्वमा मानवले यसको सफल आरोहण गरेका थिए।

धौलागिरि हिमाल आज पनि विश्वका साहसिक पर्वतारोहण गन्तव्यमध्ये एक मानिन्छ।

यो समाचारमा

काठमाडौँधौलागिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चालु आर्थिक वर्षमा ४० हजार बढी पर्यटक भित्रिए पनि असार लागेपछि अन्नपूर्ण पदमार्ग सुस्तायो

    लमजुङ । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्णपदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको

    Data is loading...

    Loading brands...

    Loading footer...