राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०५, शनिबार

33
Share
Featured

काठमाडौँ

त्रिभुवन आर्मी क्लबका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् ।

कान्तिपुर मिडिया ग्रुप (केएमजी) को आयोजनामा आज यहाँ भएको २१ दशमलव एक किलोमिटरको हाफ म्याराथनअन्तर्गत पुरुषतर्फ रोकाया र  महिलातर्फ श्रेष्ठले उपाधि जितेका हुन् । राजनले एक घण्टा ४ः०३ मिनेटमा उक्त दूरी पूरा गरे । पुरुषतर्फ शीर्ष तीनमा आर्मीका खेलाडीको एकलौटी वर्चस्व रह्यो । अर्जुन बुढाले उक्त दूरी एक घण्टा ६ः०४ मिनेटमा पार गरी दोस्रो र सुशील शाही एक घण्टा ६ः५ मिनेट पार गरी तेस्रो भए । 

काठमाडौँका तीर्थ पुन एक घण्टा ७ः४२ मिनेटका साथ चौथो, आर्मीकै सञ्जय श्रेष्ठ एक घण्टा ८ः०२ मिनेटका साथ पाँचौँ र आर्मीकै नरेन्द्र राउत एक घण्टा ९ः०३ मिनेटका साथ छैटौँ भए ।

महिलातर्फ सन्तोषीले एक घण्टा १८ः११ मिनेटमा पूरा गरेर विजेता बनेकी हुन् । आर्मीकी निशा पाल एक घण्टा १८ः२६ मिनेटका साथ दोस्रो र आर्मीकै पूर्णलक्ष्मी न्यौपाने एक घण्टा २३ः१३ सेकेन्डका साथ तेस्रो भए ।

आर्मीकी निर्मला केसी एक घण्टा २५ः५४ मिनेटका साथ चौथो, एपिएफकी फुलमती राना एक घण्टा २८ः४३ मिनेटका साथ पाँचौँ र सोनसरी रोकाया एक घण्टा ३२ः०३ सेकेन्डका साथ छैटौँ भए ।  

हाफ म्याराथन पुरुष र महिला तर्फका विजेतालाई रु एक लाख ५० हजार र ट्रफी प्रदान गरिएको थियो । हाफ म्याराथनतर्फ दोस्रोदेखि छैटौँ हुनेले क्रमशः रु  ७५ हजार, रु ५० हजार, रु ३० हजार, रु २० हजार र रु १० हजार प्राप्त गरे ।

कान्तिपुर टेलिभिजनको कार्यालय, तीनकुने अगाडिबाट सुरु भएको हाफ म्याराथन कोटेश्वर, जडिबुटी, लोकन्थली, गठ्ठाघर, थिमी, सल्लाघारी हुँदै जगाती चोकबाट फन्को लगाएर पुनः तीनकुनेमा आएर टुङ्गिएको थियो ।

यसैगरी, ह्विलचेयर पाँच किलोमिटर दौडतर्फ रमेश खत्री र ऐश्वर्यकुमारी कुमाल विजेता बनेका छन् । पुरुषतर्फ खत्रीले नौ मिनेट २९ः२२  सेकेन्डमा प्रथम भए । यस्तै, दीपक आलेमगर ११ मिनेट ०६ः०२ सेकेन्डसहित दोस्रो र रामकाजी मिजार ११ मिनेट ५७ः०५ सेकेन्डसहित तेस्रो भए ।  

सोही विधाको महिलातर्फ अछामकी कुमालले १२ मिनेट २६ः९९ सेकेन्डमा पूरा गर्दै पहिलो भइन् । प्युठानकी यामी झाक्रीमगर १३ मिनेट ३०ः६३ सेकेन्डका साथ दोस्रो र खोटाङकी रजनी राई १५ मिनेट ५०ः०८ सेकेन्डका साथ तेस्रो भइन् । ह्विलचेयर रेसका विजेताले क्रमशः रु ३५ हजार, रु २५ हजार र रु १५ हजार नगद पाए ।

‘रन फर नेपाल’ नारासहित भएको म्याराथनको उद्घाटन दक्षिण एसियाली खेलकुदमा तीन स्वर्ण र चार पटक ओलम्पिकमा सहभागिता जनाइसकेका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले गर्नुभएको थियो । 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...