कांग्रेसको आधिकारिकता विवाद : शर्मा र भुसाल इजलासमा बहस गर्न पुगे

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०४, शुक्रबार

18
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसको आधिकारिकतासम्बन्धी विवादमा परेको रिटमाथि सर्वोच्च अदालतमा बहस जारी छ। बिहीबारदेखि सुरु भएको बहस अन्तर्गत आज विपक्षी पक्षका तर्फबाट बहस भइरहेको हो।

तत्कालीन सभापति शेर बहादुर देउबा र कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले दायर गरेको रिटमा विशेष महाधिवेशनबाट चयन भएका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाइएको छ।

आजको बहसका क्रममा उपसभापतिद्वय विश्वप्रकाश शर्मापुष्पा भुसाल इजलासमा उपस्थित भई बहसका लागि पुगेका छन्। अहिले अदालतमा ‘टी ब्रेक’ जारी रहेको र त्यसपछि उनीहरूको बहस सुरु हुने जानकारी दिइएको छ।

गत माघ ४ गते दर्ता भएको रिटमा आयोगको निर्णय र विशेष महाधिवेशनलाई चुनौती दिइएको थियो। यसअघि निवेदक पक्ष र सरकारी वकिलले बहस गरिसकेका छन् भने अब विपक्षी पक्षको बहस बाँकी रहेको छ।

यो समाचारमा

गगन थापासर्वोच्च अदालतपूर्ण बहादुर खड्काकाठमाडौँ
विश्वप्रकाश शर्मा6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...