कोइकाद्वारा फर्किएका कामदारको पुनःएकीकरणका लागि २५ लाख डलर सहयोग

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०४, शुक्रबार

18
Share
Featured

काठमाडौँ


कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले दक्षिण कोरियाबाट फर्किएका नेपाली आप्रवासी कामदारहरूको पुनःएकीकरणमा सहयोग गर्न २५ लाख अमेरिकी डलर बराबरको वित्तीय सहायता प्रदान गर्ने भएको छ।

कोइकाले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार “चरणगत सहयोग प्रणाली सुदृढीकरण परियोजना” कार्यान्वयनका लागि उक्त सहयोग उपलब्ध गराइएको हो। परियोजनामार्फत फर्किएका कामदारहरूलाई सामाजिक तथा आर्थिक रूपमा पुनःस्थापित गर्न सहयोग पुर्‍याइनेछ।

यस परियोजनाको उद्देश्य कोरियाबाट फर्किएका आप्रवासीहरूलाई वित्तीय समस्या हुन नदिने, उनीहरूलाई उद्यमशील गतिविधिमा संलग्न गराउने तथा विदेशमा आर्जित सीप र अनुभवलाई स्थानीय आर्थिक विकासमा उपयोग गर्ने रहेको कोइकाले जनाएको छ।

यो समाचारमा

काठमाडौँदक्षिण कोरिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...