प्रचण्डको भनाइ फेरियो: संसद् विघटन र निर्वाचन हाम्रो एजेन्डा थिएन

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०३, बिहिबार

23
Share
Featured

काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटन र निर्वाचनमा जाने निर्णय आफ्नो एजेन्डा नभएको बताएका छन्।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको केन्द्रीय संयोजन समितिको बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले यसअघि दिएका अभिव्यक्ति सच्याउँदै उक्त धारणा राखेका हुन्। पार्टीभित्र निर्वाचनमा जाने निर्णयबारे उठेको आलोचनाको जवाफ दिँदै उनले परिस्थितिका कारण बाध्य भएर निर्णयमा पुगिएको स्पष्ट पारेका छन्।

बैठकमा सहभागी नेताहरूका अनुसार प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलको प्रस्तावपछि संसद् विघटन र निर्वाचनमा जाने प्रक्रिया अघि बढेको बताएका थिए। पार्टी नेता देवेन्द्र पौडेलका अनुसार प्रचण्डले ‘निर्वाचनमा जाने चाहना हाम्रो थिएन, संसद् विघटन पनि हाम्रो कारणले भएको होइन’ भन्दै स्पष्ट पारेका थिए।

बैठकमा जेनजी आन्दोलनपछि पार्टीको अवस्था कमजोर भएको र निर्वाचनमा किन सहभागी भएको भन्ने विषयमा नेतृत्वमाथि प्रश्न उठेको थियो। फागुन २१ मा सम्पन्न निर्वाचनमा पार्टीले १७ सिट मात्र जितेको थियो, जसमा प्रचण्ड र वर्षमान पुन मात्रै प्रत्यक्ष निर्वाचित भएका थिए।

त्यसैगरी बैठकमा प्रचण्डले वामपन्थी शक्तिहरूबीच बृहत्तर एकता र पार्टी पुनर्संरचनाको आवश्यकता औंल्याएका थिए। उनले पहिले पार्टीलाई सुदृढ बनाएर मात्र एकता र ध्रुवीकरणतर्फ अघि बढ्नुपर्ने धारणा राखेका थिए।

सहसंयोजक माधवकुमार नेपालले पनि वाम एकताको विषयमा हतारमा निर्णय नगर्नुपर्ने बताउँदै छलफललाई निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए। बैठकपछि अर्को बैठक शनिबार बस्ने तय भएको छ, जसले कार्यविभाजन र आगामी कार्यक्रमबारे निर्णय गर्ने जनाइएको छ।

यो समाचारमा

काठमाडौँपुष्पकमल दाहालनेपाली कम्युनिष्ट पार्टीमाधवकुमार नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...