रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन, सचेतक पनि तोकिए

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०३, बिहिबार

15
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको उपनेतामा प्रतिनिधिसभा सदस्य गणेश पराजुलीलाई चयन गरेको छ। बिहीबार बसेको संसदीय दलको बैठकले दलको उपनेता, मुख्य सचेतक तथा सचेतकहरू चयन गरेको हो।

बैठकको निर्णयअनुसार मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी नियुक्त भएका छन् भने सचेतकको जिम्मेवारी प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई दिइएको छ। पार्टीले संसदीय गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन यी जिम्मेवारीहरू तोकेको जनाएको छ।

रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसदीय दलका नेता रहेका छन्। पार्टीले संसदीय दललाई थप सक्रिय र सुदृढ बनाउन नयाँ जिम्मेवारी बाँडफाँड गरेको बताइएको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...