डीआईजी बढुवा प्रक्रिया अघि बढ्यो, १३ प्रतिस्पर्धीसँग कार्य विवरण माग

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०२, बुधबार २१:४२

18
Share
Featured
  • सशस्त्र प्रहरी बल मा रोकिएको डीआईजी बढुवा प्रक्रिया पुनः सुरु, ७ पदका लागि तयारी
  • गृह मन्त्रालय ले १३ एसएसपीसँग कामको विवरण माग, मूल्याङ्कनको आधार तयार हुँदै
  • नियमावली संशोधनपछि सिधै बढुवा सूची प्रकाशन गर्ने व्यवस्था लागू
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सशस्त्र प्रहरी बल
मा लामो समयदेखि रोकिएको डीआईजी बढुवा प्रक्रिया पुनः अघि बढाइएको छ। तीन महिनादेखि स्थगित रहेको बढुवा प्रक्रिया अगाडि बढाउँदै गृह मन्त्रालयले प्रतिस्पर्धी अधिकृतहरूबाट कामको विवरण माग गरेको हो।

सशस्त्र प्रहरीमा प्रशासनतर्फ ६ जना र कानुन समूहतर्फ १ जना गरी कुल ७ डीआईजी पद रिक्त छन्। ती पदमा बढुवाका लागि १३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रतिस्पर्धामा छन्। मन्त्रालयले जारी गरेको सर्कुलरअनुसार उनीहरूले आफूले हालसम्म गरेका कामको विवरणसहितको फारम बढुवा समितिको सचिवालयमा बुझाइसकेका छन्।

गृहमन्त्री सुदन गुरुङको निर्देशनमा प्रक्रिया अघि बढाइएको हो। डीआईजी बढुवा समितिको अध्यक्ष गृह सचिव राजकुमार श्रेष्ठ रहेका छन्। प्राप्त विवरणका आधारमा उम्मेदवारहरूको मूल्याङ्कन गरी बढुवाको आधार तयार गरिने जनाइएको छ।

प्रतिस्पर्धामा वरीयताको पहिलो नम्बरमा प्रवीण कँडेल रहेका छन् भने दिगविजय सुवेदी, भुपेन्द्र केसी, कमल तिउसिना, निरकृष्ण अधिकारी, सुदिरजंग थापा, किरण बस्नेत, माधव प्रसाद पौडेल, राजेन्द्र खड्का, उद्धव न्यौपाने, नरेन्द्र सेन, शंकर खनाल र किरण ढुंगाना पनि दौडमा छन्। कानुन समूहतर्फ भने युवराज अर्याल एक्ला दाबेदार छन्।

यसअघि बढुवा सूची प्रकाशनअघि सूचना जारी गर्नुपर्ने व्यवस्था रहेकामा हाल नियमावली संशोधन गरेर सिधै बढुवा सूची प्रकाशन गर्ने व्यवस्था लागू गरिएको छ। गृह मन्त्रालयले उम्मेदवारहरूको कार्यसम्पादन, क्षमता र अघिल्लो सरकारका पालामा भएका अस्वाभाविक बढुवाको अवस्थालाई समेत मूल्याङ्कन गर्ने तयारी गरेको छ।

हाल सशस्त्र प्रहरीमा २१ डीआईजीको दरबन्दी रहेको छ। बढुवा नहुँदा कानुन, विपद् व्यवस्थापन र इन्टेलिजेन्स ब्युरोजस्ता महत्त्वपूर्ण महाशाखाहरू एसएसपी तहबाट सञ्चालन भइरहेका छन्। बढुवा प्रक्रिया टुंगो लागेपछि ती संरचनामा नेतृत्व स्पष्ट हुने अपेक्षा गरिएको छ।

यो समाचारमा

सुदन गुरुङकाठमाडौँ

ट्यागहरू

#गृह मन्त्रालय#सुदन गुरुङ#सशस्त्र प्रहरी बल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू