सुरक्षा निकायमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०२, बुधबार

21
Share
Featured

काठमाडौँ

सरकारले सुरक्षा निकायका पदाधिकारीमाथि अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २०८२ साल भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न यस्तो निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल का अनुसार समितिको संयोजकमा उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्की लाई नियुक्त गरिएको छ। समितिमा सदस्यका रूपमा सशस्त्र प्रहरी बलका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई रहेका छन्।

यसअघि पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सो घटनाबारे प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदन कार्यान्वयन गर्ने उद्देश्यले नयाँ समिति गठन गरिएको जनाइएको छ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले नेपालभारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता स्वीकार गर्ने निर्णय समेत गरेको छ। उक्त सम्झौता जानकारीका लागि प्रतिनिधि सभामा पेश गरिने सरकारको निर्णय छ।

यो समाचारमा

काठमाडौँनेपालभारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...