नेपाली कांग्रेस अनुशासन समितिको बैठक सानेपामा सुरु, खड्कामाथि कारबाहीबारे छलफल

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०२, बुधबार

18
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसले पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई अनुशासन उल्लंघन गरेको आरोपमा ७ दिने स्पष्टीकरण सोधेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले उनलाई पार्टीको विधानविपरीत कार्य गरेको ठहर गर्दै स्पष्टीकरण माग्ने निर्णय गरेको हो।

अनुशासन समितिका अनुसार खड्काले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी आफूलाई नभएको जिम्मेवारी उल्लेख गर्दै अनधिकृत प्रेस विज्ञप्ति जारी गरेको पाइएको छ। यसअघि पनि उनले यस्तै प्रकारको विज्ञप्ति जारी गरेका थिए।

समितिले यसअघि २०८२ चैत १८ गते उनलाई पहिलो पटक सचेत गराउने निर्णय गरेको थियो। तर, चेतावनीपछि पनि उनले पुनः २०८२ चैत ३० गते पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी आफू पदमै रहेको दाबी गर्दै विज्ञप्ति जारी गरेको समितिको भनाइ छ।

अनुशासन समितिले यो कार्य नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ८ (घ) अनुसार अनुशासन उल्लंघन भएको जनाएको छ। उनलाई ७ दिनभित्र चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन दिइएको छ।

यसैबीच, समितिले प्रतिनिधि सभा निर्वाचन २०८२ सम्बन्धी अनुशासन उल्लंघनका उजुरी दर्ता गर्ने म्याद पनि थप गरेको छ। अब उजुरी २०८३ वैशाख मसान्तसम्म दिन सकिनेछ, त्यसपछि प्राप्त उजुरीमाथि कारबाही नहुने स्पष्ट गरिएको छ।


यो समाचारमा

नेपाली काँग्रेसपूर्ण बहादुर खड्काकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...