नेपाली कांग्रेस अनुशासन समितिको बैठक सानेपामा सुरु, खड्कामाथि कारबाहीबारे छलफल

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०२, बुधबार

26
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिकोबैठक पार्टी मुख्यालय सानेपामा सुरु भएको छ। पार्टीभित्र देखिएको पछिल्लो विवादका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

निवर्तमान सभापति शेर बहादुर देउबा पक्षका नेता तथा पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले पार्टी निर्णय विपरीत समानान्तर गतिविधि गरेको आरोपपछि उनलाई लिएर छलफल अघि बढाइएको छ।

अनुशासन समितिले खड्कालाई कारबाहीको प्रक्रिया अघि बढाउने उद्देश्यले स्पष्टीकरण सोध्ने तयारी गरिरहेको बताइएको छ। पार्टीको आधिकारिक निर्णयविपरीत वक्तव्य जारी गरेको भन्दै यसअघि नै उनलाई सचेत गराइएको थियो।

गत सोमबार खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यता खारेजीको निर्णयप्रति आपत्ति जनाएका थिए। त्यसअघि पनि उनले पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध विज्ञप्ति जारी गरेका थिए।

त्यस्तै, उनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक नै बोलाएर समानान्तर छलफल चलाएको आरोप पनि लागेको छ। यसै पृष्ठभूमिमा अनुशासन समितिको बैठक बसेर आवश्यक निर्णयबारे छलफल भइरहेको छ।

यो समाचारमा

शेर बहादुर देउबाखड्गप्रसाद शर्मा ओलीरमेश लेखककाठमाडौँ
नेपाली काँग्रेस5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...