सभामुख डीपी अर्यालको कार्गेडलाई लेन क्रस गरेको भन्दै ट्राफिक प्रहरीद्वारा चिट काटियो

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०२, बुधबार

13
Share
Featured

काठमाडौँ

सभामुख डोल प्रसाद अर्याल सवार कार्गेडलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। थापाथली क्षेत्रमा लेन क्रस गरेको आरोपमा उक्त कार्गेडलाई चिट काटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

बुधबार बिहान थापाथली पुलबाट माइतीघरतर्फ जाँदै गर्दा सभामुखको कार्गेडले लेन क्रस गरेको थियो। सोही क्रममा ट्राफिक प्रहरीले ‘लेन क्रस’ कसुरमा कार्गेडका गाडीहरूलाई चिट काटेको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार भीआईपी सवारी भएकाले सडकमा रोक्न सम्भव नभएकाले गाडीलाई पछ्याएर सिंहदरवार पुगेर जरिवाना गरिएको हो।

सभामुखको कार्गेडमा अगुवा गाडी प्रहरीको रहने र पछुवा गाडीमा सैनिक अधिकारीहरू रहने व्यवस्था रहेको जनाइएको छ।

यो समाचारमा

काठमाडौँसिंहदरवारडोल प्रसाद अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...