कांग्रेस अनुशासन समितिको बैठक वैशाख २ गते बस्ने

Author

सजिलो पत्रिका

२०८२ चैत ३०, सोमबार

19
Share
Featured

काठमाडौँ


नेपाली काँग्रेसले अनुशासन समितिको बैठक बोलाएको छ। बैठक आगामी वैशाख २ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने गरी तय गरिएको हो।

समितिका सचिव दिनेश थापामगरले सोमबार जारी गरेको विज्ञप्तिमा बैठक बस्ने जानकारी दिँदै पार्टीका विभिन्न समसामयिक विषयमा छलफल हुने उल्लेख गरिएको छ।

बैठकमा विशेषगरी प्रतिनिधि सभा निर्वाचनका क्रममा भएको भनिएको अन्तर्घातका विषयमा छलफल हुने बताइएको छ। साथै विशेष महाधिवेशनबाट आएको समितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जारी गरेका विज्ञप्तिबारे समेत छलफल हुने नेताहरूले बताएका छन्।


यो समाचारमा

ललितपुरकाठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...