अस्ट्रेलियाली सेनाको नेतृत्वमा पहिलो महिला, सुसान कोयल नियुक्त

Author

सजिलो पत्रिका

२०८२ चैत ३०, सोमबार

23
Share
Featured

काठमाडौँ

अष्ट्रेलियाको १२५ वर्ष लामो सैनिक इतिहासमा पहिलो पटक महिलाले सेनाको नेतृत्व सम्हाल्ने भएकी छन्। सरकारले यसलाई ऐतिहासिक क्षण भन्दै औपचारिक रूपमा लेफ्टिनेन्ट जनरल सुसान कोयललाई अस्ट्रेलियाली सेनाको प्रमुखमा नियुक्त गरेको हो।

रक्षामन्त्री रिचर्ड मार्लेसले कोयलको नियुक्तिबारे जानकारी दिँदै यो निर्णय व्यक्तिगत उपलब्धिभन्दा पनि संस्थागत परिवर्तनको प्रतीक भएको बताउनुभयो। उहाँका अनुसार यसले भविष्यका पुस्ताका लागि नेतृत्वका नयाँ अवसरहरू खोल्नेछ।

करिब तीन दशक लामो सैनिक अनुभव भएकी कोयलले सोलोमन टापु, अफगानिस्तान र मध्यपूर्वमा सेवा गरिसकेकी छन्। लामो दूरीका आक्रमण क्षमता, ड्रोन प्रविधि र आधुनिक युद्ध प्रणालीजस्ता क्षेत्रमा भएको अनुभवले उनलाई यो जिम्मेवारीका लागि उपयुक्त बनाएको बताइएको छ।

नियुक्तिपछि कोयलले आधुनिक युद्धका नयाँ आयाम, विशेषगरी साइबर युद्धजस्ता क्षेत्रमा आफ्नो अनुभव उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ। यो नियुक्तिलाई अस्ट्रेलियाली सेनामा लैङ्गिक समानता र समावेशी नेतृत्वतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

यो समाचारमा

अष्ट्रेलियाकाठमाडौँअफगानिस्तान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...