आइपिएलमा लखनउमाथि गुजरात ७ विकेटले विजयी

Author

सजिलो पत्रिका

२०८२ चैत ३०, सोमबार

21
Share
Featured

काठमाडौँ । गुजरात टाइटन्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।

आइतबार सम्पन्न खेलमा गुजरातले लखनउलाई ७ विकेटले पराजित गरेको हो । लखनउले दिएको १६५ रनको लक्ष्य पछाएको गुजरातले १८.४ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।

गुजरातको जितमा जोस बटलरले ६० रन बनाए भने कप्तान शुभमन गिलले ५८ रन बनाएका थिए । यसअघि पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाउदै १६४ रन बनाएका थिए । लखनउका लागि एडन मार्क्रमले ३० रन बनाए भने निकोलस पुरनले १९ तथा अब्दुल समाद र मुकुल चौधरीले १८-१८ रन बनाएका थिए ।

त्यस्तै गुजरातका बलर प्रसिद्ध कृष्णले ४ तथा अशोक शर्माले २ विकेट लिएका थिए । यो जितपछि गुजरातको ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ । त्यस्तै लखनउको पनि ४ खेलमा २ जित र २ हार बेहोरेको छ ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...