ललितपुर महानगरद्वारा बिदाका दिन पनि अत्यावश्यक सेवा निरन्तर सञ्चालन गर्ने निर्णय

Author

सजिलो पत्रिका

२०८२ चैत २९, आइतबार

14
Share
Featured

काठमाडौँ

ललितपुर महानगरपालिकाले सार्वजनिक बिदाका दिनहरूमा समेत अत्यावश्यक सेवाहरू निरन्तर सञ्चालन गर्ने निर्णय गरेको छ।

महानगरले शनिबार र आइतबारजस्ता सार्वजनिक बिदाका दिनमा पनि सेवा प्रवाह जारी रहने जनाएको छ। विशेषगरी आकस्मिक तथा अत्यावश्यक प्रकृतिका सेवाहरूलाई निरन्तर सञ्चालन गर्ने व्यवस्था मिलाइएको महानगरले स्पष्ट पारेको छ।

नगर प्रहरी, दमकल, एम्बुलेन्स, शव वाहन, वातावरण तथा सरसफाइ सेवा र एकद्वार पर्यटन सेवा बिदाका दिनमा पनि नियमित रूपमा सञ्चालन हुनेछन्। यी सेवाहरू जनताको सुरक्षा र स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएकाले कुनै पनि दिन बन्द नहुने व्यवस्था गरिएको हो।

महानगरपालिकाका सूचना अधिकारी देवीप्रसाद गुरागाईंका अनुसार सम्बन्धित विभाग र शाखाका कर्मचारीहरूलाई बिदाका दिनसमेत तोकिएको तालिका अनुसार सेवा प्रवाह गर्न निर्देशन दिइएको छ।


यो समाचारमा

काठमाडौँललितपुर महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...