राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता

Author

सजिलो पत्रिका

२०८२ चैत २९, आइतबार

19
Share
Featured

काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालबीच भेटवार्ता भएको छ। आइतबार राष्ट्रपति भवन शीतल निवासमा दुवैबीच भेटघाट भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

भेटका क्रममा राष्ट्रियसभाका अध्यक्ष दाहालले राष्ट्रपतिलाई आगामी अन्तर व्यवस्थापिका सङ्घको साधारण सभामा आफ्नो सहभागिताबारे जानकारी गराएका थिए। उक्त सभा टर्कीमा हुने कार्यक्रम रहेको उनले राष्ट्रपति पौडेललाई अवगत गराएका हुन्।

राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच समसामयिक विषयमा समेत छलफल भएको सचिवालयले जनाएको छ।

यो समाचारमा

नारायण प्रसाद दाहालरामचन्द्र पौडेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...