प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे के भन्छन् परराष्ट्रमन्त्री खनाल ?

Author

सजिलो पत्रिका

२०८२ चैत २९, आइतबार

19
Share
Featured
  • प्रधानमन्त्री नरेन्द्र मोदी ले बालेन्द्र शाह लाई भारत भ्रमणको औपचारिक निम्तो दिएका छन्।
  • शिशिर खनाल का अनुसार प्रधानमन्त्री बालेनले निम्तो स्वीकार गरिसकेका छन् र मिति कूटनीतिक छलफलबाट तय हुनेछ।
  • भ्रमणमा द्विपक्षीय परियोजना र नेपाल–भारत सम्बन्ध सुदृढीकरणमा विशेष ध्यान दिइनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणको औपचारिक निम्तो दिएका छन्। मौरिससमा जारी नवौँ हिन्द महासागर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले यसबारे जानकारी दिएका हुन्।

मन्त्री खनालका अनुसार गत १३ चैतमा प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेलगत्तै मोदीले पठाएको बधाई सन्देशमै भ्रमणको निम्तो समावेश थियो। प्रधानमन्त्री बालेनले उक्त निम्तो स्वीकार गरिसकेको र दुई देशबीचको कुटनीतिक संयन्त्रमार्फत छलफल गरी उपयुक्त मिति तय गरिने मन्त्री खनालले बताए।

मौरिससमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँगको भेटमा पनि यसबारे छलफल र समझदारी भएको उनले जानकारी दिए। भ्रमणका क्रममा द्विपक्षीय परियोजना र उच्चस्तरीय सम्बन्धलाई प्राथमिकता दिइने सरकारको लक्ष्य छ। परराष्ट्रमन्त्री खनाल हाल मौरिसस सरकार र इन्डिया फाउन्डेसनद्वारा आयोजित सम्मेलनमा सहभागी हुन त्यहाँ रहेका छन्।

यो समाचारमा

भारतकाठमाडौँशिशिर खनालबालेन्द्र शाह (बालेन)
नरेन्द्र मोदी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...