प्रधानमन्त्री र नेताहरूलाई गाली गर्ने युट्युबर पक्राउ

Author

सजिलो पत्रिका

२०८२ चैत २९, आइतबार

29
Share
Featured
  • प्रधानमन्त्री बालेन्द्र शाह लगायत नेताहरूलाई अपमानजनक सामग्री बनाएको आरोपमा युट्युबर रोशन पोखरेल पक्राउ परे।
  • नेपाल प्रहरी को साइबर ब्युरोको अनुसन्धानपछि उनलाई पाँचथरबाट नियन्त्रणमा लिइयो।
  • अदालतबाट १० दिन म्याद थप गरी साइबर अपराध मुद्दामा थप अनुसन्धान भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लगायतका नेताहरूलाई 'कन्टेन्ट' का नाममा गालीगलौज र अपमान गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ का रोशन पोखरेल रहेका छन्।

पोखरेलले आफ्नो ‘HADES’ नामक युट्युब च्यानलमार्फत प्रधानमन्त्री र अन्य राजनीतिक नेतृत्वविरुद्ध अपमानजनक सामग्री प्रसारण गरेको प्रहरीको दाबी छ। नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका पोखरेलमाथि जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

नेपाल प्रहरीफाल्गुनन्द गाउँपालिकापाँचथरकाठमाडौँ
बालेन्द्र शाह (बालेन)4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...