'काममा बहानाबाजी चल्दैन': नागढुङ्गा–मुग्लिङ सडकको निरीक्षण गर्दै गृहमन्त्रीको कडा निर्देशन

Author

सजिलो पत्रिका

२०८२ चैत २९, आइतबार

20
Share
Featured
  • गृहमन्त्री सुधन गुरुङ ले नागढुङ्गा–मुग्लिङ सडक को अनुगमन गर्दै ढिलासुस्ती र गुणस्तरहीन काम गर्नेलाई कालोसूचीमा राख्ने चेतावनी दिए।
  • आयोजनामा निर्माण सामग्री अभाव, स्थानीय अवरोध, दोहोरो कर र प्रशासनिक झन्झटका कारण ढिलाइ भइरहेको जानकारी दिइयो।
  • सरकारले समन्वय गरेर समस्या समाधान गर्ने र समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गृहमन्त्री सुदन गुरुङले राष्ट्रिय गौरवको आयोजना नागढुङ्गा–मुग्लिङ सडक सुधार आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माण कार्यमा ढिलासुस्ती गर्ने र गुणस्तरहीन काम गर्ने व्यवसायीलाई कडा कारबाहीको चेतावनी दिएका छन्। शनिबार नौबिसे–मलेखु र मलेखु–मुग्लिङ खण्डको निरीक्षण गर्दै मन्त्री गुरुङले सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई तत्काल कालोसूचीमा राख्ने स्पष्ट पारे।

अनुगमनका क्रममा आयोजनाले निर्माण सामग्री (ढुङ्गा, गिट्टी, बालुवा) को अभाव, स्थानीय तहको अवरोध, दोहोरो कर प्रणाली र प्रशासनिक झन्झटका कारण काममा ढिलाइ भइरहेको प्रतिवेदन पेश गरेको थियो। विशेषगरी नदीजन्य सामग्री उत्खननमा देखिएका कानुनी जटिलताले आयोजना प्रभावित भएको उल्लेख छ।

मन्त्री गुरुङले निर्माण सामग्रीको आपूर्तिमा देखिएका समस्या समाधानका लागि सरकारले अन्तर–मन्त्रालय समन्वय गरी आवश्यक सहजीकरण गर्ने आश्वासन दिए। उनले विकास निर्माणमा हुने राजनीतिक हस्तक्षेप र प्रशासनिक ढिलासुस्तीलाई चिर्दै निर्धारित समयमै उच्च गुणस्तरका साथ काम सम्पन्न गर्न निर्माण व्यवसायीहरूलाई निर्देशन समेत दिएका छन्।

यो समाचारमा

काठमाडौँसुदन गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...